Welcome to,

Panchase Harpandanda Samaj UK

पंचासे हर्पनडाँडा समाज यू.के. वेलायतमा गठन भएको एक सामाजिक संस्था हो । यस समाजको स्थापना सन् २०१२ मा भएको हो । नेपालीहरु वेलायतमा आएर वसोवास गरेको यकिन ठ्याक्कै थाहा नभए पनि जब २००४ सालमा वेलायत सरकारले भू पु गोर्खा परिवारहरुलाई आवासिय भिसा प्रदान गरे पश्चात वेलायतमा बसोबास गर्ने नेपालीहरुको क्रम पनि वढ्न थाल्यो र संस्थाको आवश्यक्ता महशुस गरी र यस संस्थाको स्थापना भएको हो । हाल यस संस्थामा कास्की जिल्ला पञ्चासे वरीपरीका गाँउहरु सिधाने, कुद्-बिडाँडा, दम्दमे, मकनपुर र हर्पन गाउँका गाउँले परिवारहरु आबद्ध रहेका छन् । यिनै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई समेटेर गठन भएको समाजमा हाल सदस्य संख्या लगभग २५० को हाराहारीमा रहेको छ । Read More…

6th Annual Get-Together 2018

« 1 of 23 »